उपनिर्वाचनले जनताका मुद्दाभन्दा पार्टीको रसिद मजबुद देखायो: डा.भण्डारी



काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले उपनिर्वाचनलाई लिएर गुट उपगुट र पार्टीको रसिद भन्दा माथि उठेर देश र जनताको हितलाई सर्वोपरी ठान्नु पर्ने बताएका छन्।

नेता भण्डारीले यहि मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनले देश र जनताका मुद्दाभन्दा गुट उपगुट र पार्टी सदस्यता (रसिद) बलियो बनेको टिप्पणी गरेका हुन्।

सोमबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘वर्तमान उपनिर्वाचनले गुट र उपगुटको भागबण्डालाई विजय ठान्नु हुदैन भनेर नेताहरुलाई सचेत गराएको छ भने अर्कोतिर देश र जनताका मुद्दाभन्दा पार्टीका रसिद मजबुत छन् भन्ने प्रष्ट्याएको छ।’

नेता भण्डारीले उपनिर्वाचनमा विजयी हुने सबैलाई बधाई दिएका छन्। उनले अगाडि लेखेका छन्,‘विजयी सबै साथीहरुलाई हार्दिक बधाई। गुट उपगुट र पार्टीको रसिदभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्ने सत्प्रेरणा मिलोस् पशुपतिनाथसँग यहि प्रार्थना।’