चिसो मौसममा अमला खानुका ७ फाइदा



काठमाण्डौ। अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो।

अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ। अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखालासमेत निको पार्छ।

आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ। अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ। त्यसैगरी छालाको समस्याबाट दूर राख्छ। यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन्।

१. कपाल टुक्रनबाट रोक्छ:

अमला कपालको लागि अति नै फाईदाजनक छ । अमलाले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ भने टुक्रनबाट पनि रोक्छ। अमला खानुका साथै कपालमा कुटेर लगाउनाले अति नै राम्रो गर्छ। यसले ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ।

२. आँखाको ज्योति बढाउँछ:

अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ। अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन। अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाईदा गर्छ।

३. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ

अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु हुन्छ। यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले शरिरको सेल बढाउँछ र स्फुर्त राख्छ। अझ महिलामा देखा पर्ने विभिन्न शारिरीक समस्याबाट मुक्त राख्न अमलाले विषेश भूमिका खेल्छ। यसले विभिन्न इन्फेक्सनबाट पनि टाढा राख्छ। रक्त सञ्चालन गराउँछ र मुटु सम्वन्धी रोग लाग्नबाट पनि बचाउँछ।

४. डायविटिज रोगीको लागि अति उपयोगी

अमलाले ब्लड सुगर नियन्त्रण गर्छ। डाक्टरले समेत डायविटिजको विरामीलाई अमला खान सल्लाह दिन्छन्। अमलालाई मुर्रबा, जुस, अचार जे बनाएर पनि खान सक्नुहुन्छ। यसले मेटाबोलिज्म बढाएर शरिरमा तागत दिन्छ। यसमा फाईबर हुन्छ जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ। अमला खाँदा कब्जीयत, अपच डाइरिया जस्ता समस्याहरु हटेर जान्छ।

५. शरिरको विषालु पदार्थ निकाल्छ

अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाव सम्वन्धी समस्या हटाएर जान्छ। त्यसैगरी अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ। जसको कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ।

६. अनावश्यक बुढोपना हटाउँछ

कोही कोही मानिस उमेरै नपुगी बुढो देखिन्छ। यदि यस्तो हो भने अमलाको सेवन गर्दा राम्रो हुन्छ। अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपना देखाउँदैन।

७. अनिदो हटाउँछ

अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ।