१३औं सागको भव्य उद्घाटन



काठमाडौँ। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगीताको राजधानी काठमाडौं स्थित दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ। त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।

साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन्। उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदकसमेत जितेका थिए। यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेछन्।

नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ। उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो। सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।
१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन्।