पोखरा। कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई ८४०३ मतको अन्तरले विजयी भएकी छन्।
भट्टराईले २४३९४ मत प्राप्त गरेकी छ्न। त्यस्तै कांग्रेसका खेमराज पौडेल-१५९९१ प्राप्त गरेका छन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा स्व.रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए।
अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछी कास्की २ मा उपनिर्वाचन भएको हो।