खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी



हुम्ला। जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेद्वार रुपा शाही विजयी भएकी छन्।उनले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन्। रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन्।

उपाध्यक्षका लागि राप्रपा संयुक्तका दीपबहादुर शाहीको पनि उम्मेदवार थियो। उनले १० मत पाएका छन्। विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन्। उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको गत असरमार तीन गते मंगलबार जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो।