पोखरामा सल्यानका पाँच मजदुरको मृत्यु



पोखरा। पोखरा महानगरपालिका–१२ मौजामा सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सल्यानका पाँच मजदुरको ज्यान गएको छ। ज्यान गुमाउनेमा सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका जीतबहादुर बस्नेत, खिमलाल वली, गणेश वली, तोवान बस्नेत र जोगेन्द्र बुढाथोकी छन्।

उनीहरू पोखराको मणिपाल अस्पताल–रयालेचौर–मौजा बिसौना–सिक्लेस–मनाङ सडकखण्डमा गत भदौंदेखि काम गर्दै आएका थिए। घटनास्थलमै रहेका वडाअध्यक्ष सिमबहादुर गुरुङका अनुसार सबैको शव ढिस्कोबाट निकालिएको छ।