पत्रकार पटेललाई अन्तर्राष्ट्रिय सम्मान



रौतहट। लगनसिलताले ठुल ठुला उपलब्धीहरु हासिल गर्न सफल हुन्छ। त्यस्तै उदहाणको रुपमा रौतहटको चर्चित पत्रकार अभिमन्यु पटेलले राष्ट्रिय स्तरकोबाट अन्तराष्ट्रिय स्तरमा समेत सम्मानीत भई सावित गरेका छन्।

भारत बिहारको बेतिया जिल्ला पश्चिमी चम्पारणको सिकटा गाउँमा सनिवार भएको ४ देशको सहभागीतामा एक कार्यक्रमबाट पत्रकार पटेल सम्मनीत भएको हो।

भारतको लौहा पुरूष सरदार बल्लभ भाई पटेलका १४४ औँ जन्मजयन्तीको शुभ अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिहार सरकारको ग्रामीण विकास मन्त्री श्रवण कुमार पटेलको हातबाट पत्रकार पटेल सहितका समाजिक अभियानीहरु सम्मानीत भएका छन्।

सम्मानीत भएका पत्रकार पटेल रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष, प्राईम टाइम्स टेलिभिजन रौतहट सम्वादता, मधेश प्रदेश अनलाईन प्रकाशक तथा समाजिक अभियानको रुपमा कार्यरत रहेका छन्।

साथै रौतहटका स्वाथ्यकर्मी नागेन्द्र पटेललाई समेत सम्मानी गरिएको हो। पत्रकार पटेल स्वास्थ्यकर्मी पटेल सम्मानीत भएकोले संगम खवरका सम्पादक दिनेश यादव संगमले पटेललाई हार्दिक बधाई तथा शुभकामना दिदै हरेक पाईलामा यस्तै सधैं सफलता देख्न मिलोस् भने कामना समेत दिएका छन्।