भक्तपुरकाे अनपेक्षित हारका बारेमा महेश बस्नेत भन्छन्,‘एमाले-माओवादी कायम’



काठमाडौँ। भक्तपुरका सांसद् एवम् नेकपा केन्द्रीय सदस्य महेश बस्नेतका बुझाइमा भक्तपुरमा हार्नुको कारणमा एमाले—माओवादी कायम रहेको टिप्पणी गरेका छन्।

नेता बस्नेतले आफ्नो पार्टीको उम्मेदवार पछि पर्नुका दुई मुख्य कारण अघि सारेका छन्। पहिलो कारणमा उनले पार्टी एकता प्रक्रिया ढिलो भएको कारणले गर्दा तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादीबीचको एकताको प्रभाव दिन नसक्नु बताएका छन्।

त्यसैगरी दोस्रो कारणमा छन्,’उम्मेदवारका विरुद्ध पनि व्यक्तिगत खालका गुनासोहरू रहेको र जिल्लाका होइनन्, माओवादी पृष्ठभूमिजस्ता कुराहरू उठाइयो। कार्यकर्ता तहमा त्यो गुनासो साम्य पार्‍यौँ तर जनताको तहमा रहेको त्यो भावना भत्काउन नसक्दा चुनावी परिणाम अनुकूल हुन नसकेको हो।’

नेकपा भक्तपुरमा एकतापछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावना कायम रहेको उनको भनाइबाट बुझिन्छ।