नायिकाभन्दा कम छैनन् कर्णाली यि गायिका



काठमाडौं। झट्ट हेर्दा नायिका जस्तै देखिन्छन्। खासमा उनी नायिका होइनन्। भोलिका दिनमा त्यो पनि सम्भव हुनसक्छ। तर, अहिलेसम्म उनी नायिका नभएर गायिका हुन्। यसरी प्रसंशा गरिएकी सुन्दर रूप भएकी गायिका हुन् भावना आचार्य। उनले गाउँने मात्रै नभएर गीतमा नृत्यसमेत गर्छिन्।

कर्णाली प्रदेशको दैलेख जिल्ला, भैरवी गाउँपालिकामा जन्मिएकी गायिका आचार्य काठमाडौं बस्छिन्। उनले आफ्नो सांगीतिक जीवनमा करिब दुई दर्जनजति गीतमा आवाज दिएकी छन्।

पछिल्लो समय उनी देश तथा बिदेशका सांगीतिक कार्यक्रममा व्यस्त छन्। केही दिनमै उनी द.कोरिया प्रस्तान गर्नेछन्। गायिका आचार्यको ‘बग्नेखोला बगिगो’ बोलको लोक पपगीत प्रिय बनेको थियो। उक्त गीत यो समाचार तयार पार्दाको समयसम्म युट्युवमा करिब ६० लाख पटक हेरिएको छ।

उनै गायिका आचार्य तस्बिरमा