अपाङ्गता व्यक्तिहरूको २८ औं अन्तर्राष्ट्रिय दिवस



काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरुको २८औं अन्तर्राष्ट्रिय दिवस–३ २०१९ मूल आयोजक समितिको सचिवालयले यो वर्षको दिगो विकास लक्ष्य, अपाङगतामैत्री भविष्य’ नारासहित दिवस बनाउन लागिएको बताएको छ।

आज राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले पत्रकार सम्मेलन नीत र कानूनमा जे व्यवस्था भएतापनि सिमान्तकृत वर्गहरुको सूचीमा अपाङ्गता भएका व्यत्तिहरु सम्भवतः सबैभन्दा धेरै सिमान्तकृत वर्गमध्ये पर्ने जनाएको छ।

समितिले भनेको छ,‘अपाङ्गताको परिभाषा अझैपनि परम्परागत ढंगबाट र चिकित्सकीय सोचबाट मात्र गर्ने गरिन्छ । तर, पछिल्लो समयमा अपाङ्गतालाई शारीरिक, मानसिक वा ईन्द्रीयसम्बन्धी अवस्था नभनेर मानिसलाई शारीरिक वा मानसिक अवस्थाको आधारमा गरिने विभेद, उपेक्षा र उनीहरुको सहभागितालाई अवरुद्ध गर्ने अवरोधहरुको कारण उत्पन्न अवस्थाको रुपमा परिभाषित गरिन्छ ।’

तस्विरः मुकुन्द कालिकोटे