इन्द्रेणी कार्यक्रमका सञ्चालक कंडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित



काठमाडौँ। इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेललाई लाईफ टाईम एचिवमेन्ट अवार्डबाट सम्मान गरिएको छ। शनिबार राष्ट्रिय नाच घरमा ९औं अन्तर्राष्ट्रिय लोक संस्कृति फिलिम महोत्सवले आयोजना गरेको कार्यक्रममा कँडेललाई सम्मान गरेको हो।

नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय एकता र समृद्विको लागि अहोरात्र निरन्तर खटीरहेको र बिभिन्न स्थानमा दुख पीडा र समस्यामा परेका मानिसहरुको लागि सेवाभावको कार्यले कैर्यौको जीन्दगी पुर्नजीवन बनेकोले कँठेलाई सम्मान गरिएको हो।