कालिकोटको पलाँता गापामा नि:शुल्क शिक्षा



कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाले शनिबार गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरुलाई जापानीज झोला वितरण गरेको छ।कक्षा ४ देखि ८ सम्मका २४ वटा सरकारी विद्यालयमा अध्ययनरत २ हजार ६ सय विद्यार्थीलाई जापानीज झोला वितरण गरिएकाे गापा अध्यक्ष लक्ष्मण बम ‘पलाँतीकान्छा’ले कर्णाली सन्देशलाई जानकारी दिए।

गापाले कक्षा १ देखि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। जुन घोषणाले विद्यार्थी तथा अभिभावकलाई खुशी तुल्याएको छ। कालीकोटको दुर्गम क्षेत्र भनेर चिनीने पलाँता गाउँपालिकामा जापानीज झोला पुगेपछि नागरिकहरु हर्सित बनेका छन्।

गाउँपालीका अध्यक्ष बमले पलाँताका विद्यार्थीका लागि झोला मात्र नभएर विगतको चोला फेर्न लागि परेको दाबी गरे। उनले भने,‘१० बर्षे जनयुद्धमा निःशुल्क शिक्षा घोषणा गर्ने भनेर गरेको भाषण आज पलाँतामा पूरा भएको छ। कक्षा १२ सम्म पुर्ण निःशुल्क शिक्षा घोसणा गरिएको छ। अव आर्थीक अभावका कारण कोही पनि शिक्षाको पँहुचभन्दा बाहिर बस्नुपर्ने छैन।’

प्रतिनिधिसभा सांसद दुर्गबहादुर रावतको उपस्थितिमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो। विद्यालयमा अध्ययरत विद्यार्थीले तिर्नुपर्ने शुल्क, रजिस्टेन शुल्क, परिक्षा शुल्क, कितावलगायतको खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ। गापाले यस अघि नै नीजि विद्यालयमाथि प्रतिबन्ध लगाई सकेको छ। गापाले केही समयर्म सार्वजनिक यातायातको व्यवस्था गर्ने अध्यक्ष बमले जानकारी दिएका छन्।

गापाका २४ वटा विद्यालयमा १‍‍‍.८७ तौलको जापानीज कम्पनिको झोला वितरण गरेको हो। उक्त झोला कम्तिमा १० वर्षसम्म प्रयोग गर्न मिल्ने छ। पलाँता गापाको पहल तथा रूपान्तरण नेपालको सहजिकरणमा जापानमा बस्ने नेपालीहरूको संस्था युमी नेपालले उक्त झोला उपलब्ध गरेको हो।