कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन्। उनले ११ हजार ७३० मतको साथ आफ्नो अग्रतालाई तेब्बर बनाउनेमा छन्।
त्यस्तै उनका प्रतिष्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८९३ मत ल्याएका छन्। दुईबीच ५ हजार ८ सय ३७ मतको अन्तर रहेको छ।
यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन्। राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन्।