भक्तपुरमा कांग्रेसका कृष्णलाल भँडेल विजयी



काठमाडौँ। भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। कांग्रेस उम्मेदवार भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन्। नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन्।