कास्कीमा विद्याको फराकिलो अग्रता



कास्की। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता फराकिलो बन्दै गएको छ। यहि अग्रता कायम राख्ने हो भने अत्याधिक मतको अन्तरले भट्टराई विजयी हुने देखिन्छ।

उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन्। यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १०९ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ६१ मतमा सिमित छिन्। मतगणना जारी छ।