नेकपाले जितेको अर्घाखाँचीमा कांग्रेस विजयी



काठमाडौं। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका शोभाखर खनालले १ हजार १ सय ५१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरे।

नेपाली कांग्रेसका खनाल १ सय ६ मतान्तरले विजयी भएका हुन्। राप्रपाका उम्मेदवार रणबहादुर खनालले ४ मत मात्रै प्राप्त गरे। विजयी शोभाखर खनाल गएको निर्वाचनमा एमालेका जीवन चौहानसँग ३६ मतले पराजित भएका थिए।

जम्मा ३ हजार ११ मतदाता रहेको उक्त वडामा ९ मत बदर भएको छ। तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।