कांग्रेसले जितेको वडामा नेकपा विजयी



अछाम। मेल्लेख गाउँपालिका– ५ मा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार रमेश खड्का विजयी भएका छन्। काँग्रेस उम्मेदवार वीरबहादुर बोहरालाई २ सय १५ मत फराकिलो अन्तरमा विजय भएका हुन्। रमेश खड्काले ७ सय ७८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बोहराले ५ सय ६३ मत पाए। गएको चुनाव उक्त वडामा कांग्रेस विजयी भएको थियो। १ हजार ९ सय मतदाता रहेको बिन्देबासीनिमा १ हजार ३ सय ५६ मत खसेको थियो। १५ मत बदर भएको निर्वाचन कार्यलय अछामले जानकारी दिएको छ।