काठमाडौँ। नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारीसाधनहरू ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार सामाग्रीद्वारा सजिने भएका छन्।
आज बिहिबार राजधानीको प्रज्ञाप्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको स्टिकर र लोगो यातायात व्यावसायीहरूलाई वितरण गरेर प्रचार-प्रसार कार्यक्रमको शुभारम्भ गरेका छन्।
उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण बर्षका बारेमा तालिमको व्यवस्था गरिने छ। त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक र सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने मन्त्री भट्टराईले जानकारी दिएका छन्।
मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन् । स्टीकर र लोगे आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको छ।
उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण बर्षका बारेमा तालिमको ब्यबस्था गरिने छ। त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने छ।
यी कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायतले गर्ने छन्। धन्यवाद यातायात ब्यबसायी राष्ट्रिय महासंघ र सबै मित्रहरुलाई।’
तस्बिरः मुकुन्द कालिकोटे