बाबुरामको प्रस्ताव पारित, समाजवादी पार्टीले सरकार नछोड्ने



काठमाडौँ। सरकार छोड्ने र नछोड्ने विवादमा रहेको समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। पार्टीभित्र सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेर सरकार नछोड्ने अवस्थामा पुगेको हो।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता गर्दादेखि नै सरकारमा बसिरहने कि बाहिरिने भन्नेमा बहस हुँदै आएको छ। भट्टराई पक्षले तत्काल सरकार छाड्नुपर्ने मत राख्दै आए पनि अध्यक्ष उपेन्द्र यादव पक्ष सहमत भएको छैन।

तस्बिरः मुकुन्द कालिकोटे