पूर्व माओवादी लडाकुले भने,‘भारतीय विस्तारवादका विरूद्ध युद्ध गर्न तयार छौं’



काठमाडौँ। भारतीय विस्तारवादका विरूद्धमा पूर्व माओवादी लडाकु सीमाना उभिएका छन्। भारतले हालै नेकपालको कालापानी, लिम्पियाधुरा र लिपुलेखक्षेत्रको ३७२ वर्गकिलोमिटर भूमि समावेश गरेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारत विरोधी आन्दोलन जारी छ।

बहिगर्मित पूव जनमुक्ति सेनाका प्रवक्ता प्रदीप कार्कीले सामाजिक सञ्जाल मार्फत भारतीय दादागिरीको विरूद्धमा डटेर सामना गर्ने बताएका छन्। उनले लेखेका छन्, ‘भारतीय विस्तारवादीले नेपालको सीमा अतिक्रमण गरेर नेपाललाई सिक्किमीकरण गर्ने रणनीतिमा लागिरहेको बेला आफ्नो जन्म भूमीलाई रक्षा गर्न एकपटक राष्ट्रिय स्वधिनताको लडाइमा सहभागी हुन देश, बिदेशमा छरिएर बस्नु भएकासम्पुर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाइ हार्दिक अनुरोध गर्दछु।’

उनले अगाडि लेखेका छन्,‘नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रलाई भारतीय भूमिमा बैधानिक रूपमा आफ्नो देशको नक्सामा सार्वजनिकसमेत गरिसकेको छ। उक्त गुमेको भूमिलाइ फिर्ता गराउन बहिर्गमित जनमुक्ती सेना नेपाल निरन्तर रूपमा अगाडी बढिरहने छ। आफ्नो मातृभुमी माटोको लागि बलिदान दिन तयार छौं। रगतको खोला बगाउन तयार छौं। भारतीय विस्तारवादसँग कहिलै झुक्दैनौं बरू आफ्नो सीमा बचाउनुको लागि छातिमा गोली खान तयार छौ। कालापानीबाट भारतीय सेनालाई हटाउनुपर्छ र नेपाल सरकारले (नरेन्द्र मोदी) विरूद्ध अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्ने हैसियत बनाउनु सक्नुपर्छ।’