राप्रपा (संयुक्त) द्वारा धार्मीक जागरण यात्रा सुरू


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जनकपुरबाट धार्मिक जागरण यात्रा सुरू गरेको छ। पार्टीले आज बिहिबारदेखि नेपाललाई हिन्दुराष्ट्र बनाउने भन्दै उक्त जागरण यात्राको सुरूवात गरिएको हो।

मंसिर ४ गतेसम्म चल्ने उक्त जागरण अभियानमा केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, पार्टीकी सहमहामन्त्री एवं प्रवास प्रमुख रेखा थापाको सहभागिता रहेको छ।

जनकपुरमा दुबै अध्यक्षले संयुक्त रूपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रासहितको संघर्षको घोषणा गरेको सहमहामन्त्री तथाले बताइन्।

जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ।