विश्वनाथ सिम्खाडा,
कालिकोट। जिल्लाको एक स्थानिय हाटबजार जिते बजारले दैनिक जसो एक सय जना भन्दा बढी बेरोजगारलाई रोजगार दिएको छ। २०६३ सालमा सुर्खेत जुम्ला सडक निर्माण भएपछि कर्णाली नदीको छालमा लागेको बजारले यहाँका स्थानिय बेरोजगारीहरुलाई १३ वर्षदेखि नै रोजगारी दिएको हो।
कर्णाली नदिमा पक्की पुल निर्माण नहुँदा राजमार्गको स्थानिय जितेबजारदेखि झोलंगेपुल तारेर सामाग्रीहरु लेवरमार्फत ढुवानी गराउनुपर्छ। दैनिक जसो एक सय भन्दा बढी मजदुरले अहिले रोजगारी पाइरहेका छन्। २०६३ सालदेखि दैनिक जसो एक सय भन्दा बढी स्थानिय बेरोजगारीहरुले रोजगारी पाइरहेको जितेबजारका एक व्यापारी तुलाराज योगीले बताए।
उनले भने, ‘यतिले पनि सामान समयमै पुल पारी पुर्याउन सकिँदैन, रातभरी सडकमै सामानको हेरालो राख्नुपर्छ। राजेगारीको लागि जिल्लाका ९ वटै स्थानिय तहहरुवाट यहाँ भारी बोक्न आउँछन्। दिनभरी भारी बोक्छन् बेलुका एक हजारदेखि १५ सयसम्म ज्याला बुझेर घर फकिन्छन् त कोही टाढादेखि भारी बोक्न आउने मजदुर भने बजारमै कोटा लिएर बस्छन्।
वास्तवमा भन्ने हो भने, एक स्थानिय तहले अहिलेसम्म मजदुरलाई रोजगारी दिन सकेको छैन। तर, स्थानिय हाटबजारले दैनिक एक सय भन्दा बढी बेरोजगारिहरुलाई रोजगार दिएको छ।