पुसभित्र सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन अर्थमन्त्रीको निर्देशन



काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन निर्देशन दिएका छन्। हाल १९ वटा स्थानीय तहमा बैंकिङ सेवा पुग्न बाँकी छन्। उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्‍याउन निर्देशन दिएका छन्।

कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय बुधबार उदघाटन गर्दै मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेकाले सबै स्थानीय तहमा छिटो बैंकिङ सेवा स्थापना गर्नुपर्ने बताए।

आफू अर्थमन्त्री हुँदा ७५३ स्थानीय तहमध्ये ३६५ स्थानीय तहमा मात्रै बैंकहरुको रहेको स्मरण गर्दै उनले भने, ‘डेढ वर्ष लगातार प्रयास गर्दागर्दा अहिले आएर करिब १९ वटामा मात्र बाँकी छ बैंकिङ सेवा पुग्नलाई, त्यो बाँकी क्षेत्रमा पनि बैंक सेवा पुगुन्।’