थाइल्याण्डमा मेजरले अदालतभित्र गोली चलाए, वकिलसहित दुई जनाको हत्या


थाइल्याण्ड। पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै थुप्रै राउन्ड गोली चलाएका छन्। घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ।

मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए। घटनामा अन्य दुई गम्भीर घाइते भएका छन्। गोलीकाण्डपछि अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन्। घटना चंथाबुरी प्रान्तको हो।

मेजरको १५ सय एकड जमिनको विवाद चलिरहेको थियो

थाई रथ पत्रिकाका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप ९६७ वर्ष० र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए। दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए।

मेजर जनरलले थुप्रै राउन्ड गोली चलाए

कोर्ट रुममा जनरल चंत्रातिप र वकिल प्लेनटिफबीच भनाभन सुरु भयो। अटोर्नीकी श्रीमती र अन्य दुई–तीन जना पनि झगडामा समावेश भए। विवादको क्रममा जनरलले वकिल र उनका साथीमाथि थुप्रै राउन्ड गोली चलाए। प्लेनटिफ र उनको सहयोगीको घटनास्थलमा नै मृृत्यु भयो भने वकिलकी श्रीमती र अर्का वकिल पनि घाइते भएका छन्। एजेन्सी