थवाङमा नेकपाको उम्मेदवारी दर्ता


काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले उपनिर्वाचनमा भाग लिने भएको छ। रोल्पाको थवाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ।

वडाध्यक्षका लागि आज नेकपा (नेकपा) बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्र (विप्लव) बाट भद्रबहादुर झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन्।

गत असारमा मस्तिष्कघातका कारण थबाङ गाउँपालिका १ का वडाध्यक्ष फर्कबहादुर बुढाको निधन भएपछि रिक्त पदका लागि बुधबार मनोनयन दर्ता भएको हो।

२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तात्कालिन नेकपा माओवादी केन्द्र) का उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए।