एयरलाइन्सले पुरानो बोइङ ४४ प्रतिशत छुटमा बिक्रि गर्दै



काठमाडौँ। नेपाल एयरलाइन्सले आफ्नो मातहतमा रहेको पूरानो बोइङ एक्दैम सस्तोमा विक्री गर्ने भएको छ। एयरलाइन्सले तेस्रोपटक सूचना प्रकाशित गरेर बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वानसमेत गरेको हो।

१९० सिट क्षमताको २७ वर्ष पुरानो बोइङ विक्री गर्न एयरलाइन्सले सुरूको भन्दै झण्डै आधा मूल्य घटाएको छ। एयरलाइन्सले गत असारमा विश्वव्यापी टेन्डर आह्वान गरेको थियो। त्यसमा कोही पनि खरिद कर्ता नआएपछि फेरि असोजमा टेन्डर प्रकाशित गरेको थियो।

दोस्रो टेन्डरमा पनि योग्यता पुगेको प्रस्ताव नआएपछि तेस्रो पटकको सूचना निकालिएको एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्दले कर्णाली सन्देशलाई जानकारी दिएका दिएका छन्।

प्रवक्ता चन्दाका अनुसार एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ ९४२ लाख ५० हजार अमेरिकी डलर० तोकेको छ। प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन्।

सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर तोकेको थियो। यो पटक सुरूको मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको छ।