‘गरिमा धानको बिउँ सिफारिस गर्ने कर्मचारीलाई कारबाही गरियोस’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीम रावलले ‘गरिमा जातको धानको बिउँ सिफारिस गर्ने र संलग्न व्यापारीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

नेता रावलले आज बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नउम्रिने गरिमा जातको धानको बिउँ सिफारिस गर्ने कर्मचारी र संलग्न व्यापारीलाई कारबाही गरियोस्। यस्तो बिउँको कारण धान नफलेर पीडित भएका कैलालीलगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्ति दिइयोस्। श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस्।’

नेता रावल समसामयिक र राष्ट्रियताको पक्षमा बलियो तरिकाले अडान लिन्छन् र सरकारलाई पछि हट्न बाध्य बनाउछन्। राष्ट्र, राष्ट्रियता र अखण्डतालाई प्रथामिकतामा राखेर राजनीति गर्दै आएका नेता रावलको चौतर्फि प्रसँशा र चर्चा हुने थालेको छ। हालै उनले भारतीय विस्तारवादको खरो बिरोध जनाएर सारा नेपालीलाई सीमा मिचिएको विषयमा केन्द्रित गर्न सफल भएका छन्।