तरूण निर्वाचन यात्रा-२०७६ चितवनमा, महासचिव शाहीद्वारा कांग्रेसलाई जिताउन आग्रह


काठमाडौँ। नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले चितवनमा कांग्रस उम्मेद्वार अमृत हमाललाई मतदान गर्न स्थानीयलाई आग्रह गरेका छन्।

गत आईतबार भक्तपुरबाट सुरू गरिएको ‘कांग्रेस जिताऔं’ अभियान अन्तरगत चितवन पुगेका महासचिव शाहीले लोकतन्त्रको रक्षा, सुशासनकायम राख्न र भ्रष्ट कम्युनिष्ट सत्ताको विरूद्धमा सम्पूर्ण नेपाली जनता एक ठाउँमा आउनुपर्ने बताए।

आज मंगलबार आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली ‘काङ्ग्रेस जिताऔंं’ अभियान अन्तर्गत भरतपुर महानगरपालिका वडा न १६ नेपाली काङ्ग्रेसका उम्मेदवार हमाललाई विजयी बन्नको लागि शुभकामना दिदै स्थानीय आमाबुबा दाजुभाइ दिदिबहिनीहरुसंग भेट्घाट गरेका छन्।

महासचिव शाहीले उपनिर्वाचन हुने भक्तपुर–१ ‘क’ बाट ‘तरुण निर्वाचन यात्रा २०७६’ प्रारम्भ गरेका हुन्। हिजो कास्कीमा कांग्रेसलाई जिताउन महासचिव शाहीले स्थानीयसँग अनुरोध गरेका थिए।