कास्कीमा कांग्रेसलाई जिताउन तरूण महासचिव शाहीको अपिल


काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले थालेको ‘कांग्रेस जिताऔं अभियान’ पोखरा पुगेको छ। महासचिव शाहीले उपनिर्वाचन हुने भक्तपुर–१ ‘क’ बाट ‘तरुण निर्वाचन यात्रा २०७६’ प्रारम्भ गरेका थिए। कास्कीमा कांग्रेसलाई जिताउन महासचिव शाहीले स्थानीयसँग अनुराेध गरेका छन्।

महासचिव शाहीको नेतृत्वमा तरूण दलका नेता कार्यकर्ताहरू आज कास्कीको पोखरा र चीवन पुगेको नेविसंघका नेता जगतजंग बिष्टले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

अभियानकै क्रममा हिजो आइतबार भक्तपुरको कार्यक्रम सकेर कास्की पुगेका महासचिव शाही, तरुण नेता कार्यकर्ताका साथै नेपाली कांग्रेस जिल्ला कार्य समिति कास्कीका कोषाअध्यक्ष लक्ष्मि पाण्डेलगाएतले क्षेत्र न २ प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेललाई अग्रिम शुभकामना दिदै स्थानीयसंग भोट मागेका छन्।

‘कांग्रेस जिताऔं अभियान’ पोखरमा, चितवनहुँदै बाग्लुङ, दाङ र बाँकेको कोहलपुरसम्म चुनावी प्रचारप्रसारमा पुग्ने तरूणदलको योजना छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले आफ्नो प्रचारमा आएकोमा धन्यवाद दिँदै तरूण विवादलाई नलम्ब्याउन महासचिव शाहीलाई आग्रह गरेका थिए।