पत्रकार बरालसहित विप्लवका सात जना कार्यकर्ता काठमाडौँबाट पक्राउ



काठमाडौँ। मोटिभेट न्युज डटकमका अध्यक्ष तथा सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राजधानीको रत्नपार्कबाट पक्राउ परेको पत्रकार बरालले जानकारी दिएका छन्।

पत्रकार बरालसहित नेकपा विप्पलका सात जना कार्यकर्तासमेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पत्रकार बरालसहित नेकपा विप्लवका सात जना कार्यकर्तासमेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

पत्रकार बरालले नेकपा विप्लवसँग आवद्ध नेता कार्यकर्ताहरूलाई पक्राउ गर्दै गरेको फोटो खच्दिै गर्दा आफूलाई समेत गिरफ्तार गरेको कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

नेकपा निकट तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरूङ, जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टिका कँडेल र प्राध्यापक संघका केन्द्रीय अध्यक्ष मोहन खतिवडालाई प्रहरीले गिरफ्तार गरेको छ।

गिरफ्तार हुँनेमा कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ, विषमलगायत रहेका छन्। उनीहरूलाई सोमबार दिउँसो १२ बजेतिर काठमाडौँको घण्टाघर नजिकैबाट गिरफ्तार गरिएको हो।

नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा विरोध प्रदर्शन गर्न रत्नपार्कतर्फ जादैगर्दा प्रहरीले गुरुङ र कँडेललगायत अन्यलाई गिरफ्तार गरेको हो।

गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत, दरबारमार्गमा राखिएको छ। भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेकपाले यसअघि नै संघर्षका कार्यक्रमहरूसार्वजनिक गरेको थियो।