काठमाडौ। आज भारतीय हस्तक्षेपको विरोधमा उत्रेका नेविसंघ र अखिल क्रान्तिकारीका नेता कार्यकर्ता पक्राउ परे।
नेपालको ३७२ वर्गकिलोमिटर भूमी भारतले आफ्नो राजनीतिक नक्सामा समावेेेस गरेको विरोधमा देशभर आन्दोलन भैइरहेका छन्।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता कार्यकर्ता पनि सडकमा ओर्लिए।
देशको सिमाना मिचिदा सडकमा आएर भारतको विरोध गर्दै गर्दा अखिलका केन्द्रीय सदस्यसहित दुई दर्जन कार्यकर्ता प्रहरीको गिरफ्तारमा परे।
त्यस्तै यता नेविसंघले भारतको दादागिरी र सरकारले सीमा समाधानको लागि प्रभावकारी कदम नचालेको भन्दै मसाल जुलुस निकालेको छ। उक्त जुलुसमा संलग्न नेविसंघ आरआर क्याम्पका नेताहरू तीन घटापछी रिहा भएका छन्। तर, अखिलका नेता भने रिहा भएका छैनन्।
नेविसंघ आरआरका सचीव अनुराग शाहले सामाजिक सन्जालमा लेखेका छन्, “सिमा अतिक्रमणका विरुद्ध लड्दै गर्दा हामीलाई नेपाल प्रहरीले तीन घण्टा हिरासतमा राखेपछि बल्ल रिहा गरेको छ। हाम्रो रिहाईका लागि आवाज उठाउने सम्पुर्णलाई हार्दिक धन्यवाद छ।”