‘सरकारले भारतसँग सीमाविवाद अन्त्यका लागि पहल गर्नुपर्छ’



काठमाडौं। छिमिकी मित्रराष्ट्र भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा ‘सीमाना बचााउ अभियान’ माइती घरमा प्रदर्शन गरेको छ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि त्यसको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। ‘गो ब्याक इन्डिया’ नारासहित विभिन्न संघ-संगठनहरुले प्रदर्शन गरेका छन्।

मानव अधिकारकर्मी नरेन्द्र खतिवडाका अनुसार सुगौलीसन्धिदेखि पछि नेपालले गुमाएको सम्पूर्ण भूमि फिर्ता गर्न सरकारले भारतसँग वार्ता गर्नुपर्छ। सडक, सदन र सरकारको तवरबाट भारतसँगको सीमा विवादलाई हल गर्न खतिवडाले सरकारसँग माग गरेका छन्।