भारतीय विस्तारवादको नारा लगाउँदै गरेका विप्लवका कार्यकर्ता पक्राउ



काठमाडौँ। भारतीय हस्तक्षेपका विरूद्धमा उत्रिएको नेकपा(विप्लव) निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दर्जनबढी नेतालाई प्रहरीले माईतीघरबाट गिरफ्तार गरेको छ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको ३७२ वर्गकिलोमिटर भूमि भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि देशभर आन्दोलन जारी छ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौं जिल्ला अध्यक्ष गोविन्द विष्टलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो।

आज बिहान मात्रै ललितपुरबाट प्रदर्शन स्थलतर्फ आउँदै गरेका तीन जना नेता कार्यकर्तालाई समेत प्रहरीले प्रक्राउ गरेको थियो।

तस्बिरः मुकुन्द कालिकोटे