भारतीय सेनालाई नेपाली भूमि छोड्न अनेरास्ववियूको आग्रह

काठमाडौँ। सत्तारूढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भ्रातृ संगठन अनेरास्ववियूले नेपाली भूमिमा रहेको भारतीय सेना फिर्ता गराउन माग गरेको छ।

हालै भारतले पश्चिम नेपालको लिम्पियाधुराको नेपाली भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि आन्दोलित बनेको अनेरास्ववियूकी नेता पञ्चा सिंहका अनुसार आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएर सिवा समाधानका लागि गम्भिर बन्न आग्रह गरिएको छ।

संगठनका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल, भारत र चीनबीचको सीमालाई बैज्ञानिक रूप दिइयोस् र सीमानामा राज्यको बलियो उपस्थिति रहोस्।’

कर्णाली सन्देशसँगको कुराकानीमा नेता सिंहले भनिन्, ‘हामीले परराष्ट्र मन्त्री ज्युउलाई भेटेर भारतीय सेनालाई तत्काल नेपाली भूमि छोड्नको लागि पहल गर्न आग्रह गरेका छौं। सीमा विवादको विषयमा कूटनीतिक माध्यमबाट हल गर्न समेत मन्त्री ज्ञवालीलाई अनुरोध गरेका छौं।’

विवादमा रहेका सन्धी, सीमालगायतका विषय हल गर्न गठित (इपिजी) को प्रतिवेदनलाई दुबै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गराउने वातावरण बनाउन अनेरास्ववियूले आफ्नो ज्ञापनपत्रमा उल्लेख गरेको छ।

त्यस्तै चीनसँग रहेको सीमा विवादलाई पनि समाधानको लागि पहल गर्न अनेरास्ववियूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ। ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्राविधिक समिति गठन गरेर सीमा तथा भूमिका सम्बन्धमा देखिएको विवाद समाधान गरिने बताएको नेता सिंहको भनाई छ।