उपनिर्वाचनमा कांग्रेसलाई जिताउन ‘तरूण निर्वाचन यात्रा – २०७६’ प्रारम्भ



काठमाडौं। नेपाल तरुणदलले आज भक्तपुर क्षेत्र नम्बर १ को (क) प्रदेश निर्वाचन क्षेत्रबाट ‘तरूण निर्वाचन यात्रा – २०७६’ प्रारम्भ गरेरको छ।

उपनिर्वाचनमा कांग्रेसलाई जिताउन ‘कांग्रेस जिताऔं अभियान’ संचालन गरेको जानकारी दिदै तरूण महासचिव भुपेन्द्रजंग शाहीले उक्त अभियान भक्तपुरदेखि पोखरा, बाग्लुङ, चितवन, दाङहुँदै कोहलपुरसम्म सञ्चालन गरिने बताएका छन्।

तरूण युवाहरुको टोलिले विभिन्न निर्बाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार,र्याली, घरदैलो, सभा, तरुण युवासङ अन्तरक्रिया, मतदाताहरुसंग अन्तरसम्वादलगायत विभिन्न कार्यक्रमहरु गर्नेछ।

महासचि शाहीले कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवाद, नालायकीपनका विरुद्ध कांग्रेस उम्मेदवारलाई बिजयी गराउन यो अभियान संचालन गरिए जानकारी दिए।