सम्पादकीय: सीमा विवाद अन्त्य गर्ने सुवर्ण अवसर


सम्पादकीय

नेपाल-भारतबीच अहिले सीमा विवादबारे वाक युद्ध चलिरहेको छ। लिम्पियाक्षेत्र आसपासको ३७२ वर्गकिलोमिटर नेपाली भूमि भारतले आफ्नोे राजनीतिक नक्सामा समावेश गरेपछि तनाव सिर्जना भएको हो। नेपाल सरकारले आधिकारिक रूपमा भारतले गल्ति गरेको बताएपछि भारत सरकारले त्यसको सोझै इन्कारी जावाफ दिएको छ।

रोटीबेटीको सम्बन्ध रहेको नेपाल-भारतबीच इतिहासदेखि आजसम्म बेलाबेला यस्ता तनावहरू आइरहन्छ। जब यस्ता विवादहरू सिर्जना हुन्छन्, त्यतिबेला दिगो समाधान खोजिदैन। एकाध वर्षसम्म चुप जस्तै रहेका पूराना घाउहरू फेरी बल्झिन्छन्। २००७ सालको परिवर्तनपछि नेपाल विभिन्न राजनीतिक संघर्षमा अस्तव्यस्त बन्यो। यहि समयमा भारत र चीनले छिमिकीको नाममा मौका छोपेर नेपालको सिमाना अतिक्रमण गरे।

खैर, नेपाल—भारतले तथ्य, प्रमाण र अन्तर्राष्ट्रिय मुल्य मान्यताको सहयोगमा इतिहासदेखि आजका दिनसम्म बल्झिरहेका घाउमा नअल्झिएर सदाको लागि समाधान खोज्ने सुनौलो अवसरलाई भरपुर उपभोग गर्नुपर्छ। भारतमा ऋषिमन नरेन्द्र दास (मोदी) प्रधानमन्त्री छन्। नेपालमा राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली। ऋषिमन मोदीको नाकाबन्दी र विस्तारवादी कार्यलाई नेपाली जनताले कदापी राम्रो मानेन्। बरू डटेर सामना गरे। आज पनि भारतको विरूद्धमा देशभर प्रदर्शन जारी छ।

नेपालीहरू जागि सकेका छन्। साथै सिमा विवादको अन्तीम फैसला कुरी राखेका छन्। उनीहरूले भनिरहेका छन्,‘बरू जीवन बलिदान गर्न तयार छौं। तर, एक चिम्टि माटो कसैलाई लिन दिन्नौं। मातृ भूमिमाथिको अपमान अस्विकार्य छ।’ विश्व दुनियाँमा नेपाली नागरिक परिचय के हो ? नेपालको इतिहास के हो ? भन्ने कुरा ऋषिमन मोदीले बुझेकै होलान्।

नेपालका नेताहरूको मनमा हरी पलाएको अवस्था छ। कुनै पनि हालतमा भारतसँग सम्पूर्ण तवरबाट वार्ता गर्नुपर्छ। वार्ता, कुटनीतिक र राजनीतिक रूपमा सीमा विवादलाई सदाको लागि समाधान गर्नुपर्छ। भारतसँग नेपालले सीमा विवाद अन्त्यको लागि अन्तीम लडाईं लड्नैपर्छ। देशभित्रका राष्ट्रिय आन्दोलनहरूलाई थाति राखेर सम्पूर्ण शक्तिहरू भारतसँग मुकाविला गर्न तयार रहनुपर्छ।

राष्ट्रियताको बारेमा सीमानाका जनता, केही समूह बाहेक यसरी सरकारसहितको एक स्वरमा नेपालले भारतको खुलेर विरोध जनाएको पहिलो घटना हो। पुनर्वासमा गोविन्द गौगम सहिद बने। तिलाठीमा सीमा रक्षार्थ देवनारायण यादव रक्ताम्मे बने। यि घटनाहरू पछिल्लो समयका ताजा उदाहरण हुन्। हराएका पिल्लर खोज्न, मिचिएको भूमि फिर्ता गर्ने र भारतसँग रोटीबेटीको सम्बन्धलाई नयाँ उचाईमा लैजानका लागि केही चुनौती छन्। तर, हामीले चुनौतीबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ।

अन्त्यमा, नेपाल र भारतको सीमा छुट्याउन गाडिएका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये एक हजार पाँच सय स्तम्भ हराएका छन्। कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा विवाद छ। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ। नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीका अनुसार सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो। सुगौली सन्धिअनुसार कालीनदी सीमा हो।

भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो। भारतले अहिले कालीलाई कुटियन्ती नामकरण गरेको छ। जे होस् उल्लेखित सम्पूर्ण भूमि नेपालले यो बेला फिर्ता ल्याउन सकेन भने वीर पुर्खाको श्राप लाग्ने छ। भावी पुस्ताले नेपाली भन्न पाउने अवस्था रहने छैन। वर्तमान साशक, राजनीतिक दल, सिंगो जनता कायरको उपमाले इतिहासमा कालो अक्षरले लेखिने छन्। चेतना भया!