नेपाल-भारतको सिमा कालीनदी मान्ने सर्वदलीय बैठकको निर्णय



काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले भारतसामू दुई देशको सीमा कालीनदी भएको अडान राख्ने सहमती गरेको छ।

नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरूको सर्वपक्षीय बैठक बोलाएका थिए।