एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल



काठमाडौँ। टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ। यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो। एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए। त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो। उसका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए। बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए।