साग महिला फुटबल टोलीको घोषणा



काठमाडौँ। अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ। टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन्।

महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो। प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए। महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो। खेलाडीको प्रदर्शनका आधारमा टोलीमा समावेश गरिएको पनि बताए। सागमा महिला फुटबल पोखरामै हँदैछ।

नेपाल महिला सागको अघिल्ला तीन संस्करण कै उपविजेता टोली हो। तीनवटै संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित बन्दै आएको छ। यसपटक नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरेको प्रशिक्ष खड्काले दावी गरेका छन्।

नेपाली टोली

गोलरक्षक – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ

रक्षक – गिता राना, पुमना जर्घामगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना

मिडफिल्डर – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन रविमला चौधरी

स्ट्राईकर– सवित्रा भण्डारी, निरु थापा र अनिता केसी।