अनेरास्ववियू दशगजा पुग्यो, कञ्चनपुरमा भारतविरुद्ध व्यापक प्रदर्शन



कञ्चनपुर। नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेपछि नेपालमा भारतको व्यापक विरोध भइरहेको छ।

आज अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले दशगजामा धर्ना दिएर विरोध जनाएका छन्। भारती नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा कञ्चनपुरका युवा विद्यार्थी संगठनहरु भारतविरुद्ध निरन्तर प्रदर्शनमा उत्रिएका छन्।

राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरूले बिहिवार पनि महेन्द्रनगरमा विरोध स्वरुप मोटरसाइकल ¥याली निकाल्दै दशगजामा प्रदर्शन गरेका छन्।

महाकाली नदि पारी महाकाली नगरपालिकामा समेत भारतिय सिमा सुरक्षा वल (एसएसवि) क्याम्प नजिक प्रदर्शन गरेका छन्। लिपुलेक, कालापानी र लिम्पीयाधुरा मात्र होइन देशका विभिन्न सिमामा नाका क्षेत्रमा भएको अतिक्रमित नेपाली भुमिलाई भारतले फिर्ता गर्नुपर्ने अनेरास्ववियु केन्द्रीय सदस्य भिम भट्टको माग छ।

काँग्रेस निकट नेपाल विद्यार्थि संघ, प्रतिवन्धित नेकपा (विप्लव) लगायत नागरीक समाजलेसमेत ठाउँ ठाउँमा भारत विरुद्ध नारावाजि र प्रदर्शन गरेका छन्। सुगौली सन्धिलाई कार्यान्वयन गर्नुका साथै यी यस्ता विषयमा नेपाल सरकारले कुटनितीक तवरले यथाशिघ्र पहल कदमी लिनुपर्ने आन्दोलनकर्मीहरूको माग छ।