काठमाडौँ। नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गुरूराज घिमिरेले भारतीय दादागिरीका विरूद्धमा डटेर मुकाविला गर्नुपर्ने बताएका छन्।
नेता घिमिरेले सामाजिक सञ्जाल फेशबुक मार्फत सम्पूर्ण नेपाली एक भएर भारतीय दादागिरीको मुकाविला गर्नुपर्ने समय आएको बताएका हुन्।
नेपालको पश्चिमी भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेखको ३७२ वर्गकिलोमिटर भूमि भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सामा समावेश गरेको विषयलाई लिएर नेपालमा भारत विरूद्ध आन्दोलन चहिरकेको छ। साथै नेता घिमिरेले सरकार कुटनीतिक रूपमा असफल भएको समते टिप्पणी गरेका छन्। उनले लेखेका छन्,‘नेपालको राजनीतिमा नेतृत्वको स्तर यति धेरै खस्किएको इतिहास मै पहिलोपटक हुनसक्छ।’
उनले अगाडि लेखेका छन्, ‘छिमेकी राष्ट्र भारतले नेपालको भूमीलाई आफ्नो नक्सा भित्र राख्दासमेत चुइँक्क बोल्न नसक्ने र काइते वक्तव्य निकालेर दायित्व पूरा गरेको ठान्ने कुटनीतिक रूपमासमेत असफल वर्तमान सरकारको रबैयाले सबै स्वाभिमानी नेपालीहरूलाई हतप्रभ र आक्रोसित तुल्याएको छ।’
नेता घिमिरेले अन्तीममा लेखेका छन्,‘अब हामी सबै नेपाली एकढिक्का भएर भारतिय दादागिरीको डटेर मुकाविला गर्नुपर्छ।’ साथै कांग्रेसले यसपालि राष्ट्रियताको बारेमा बलियो ढंकले उभिएको देखिन्छ।
सभापति शेरबहादुर देउवाले भारतीय राजदुतलाई फोन गरेर भारतले आफ्नो नक्सामा समावेश गरेको भूमि नेपालको हो भनेर जानकारी दिएका छन्। पार्टीका प्रवक्तादेखि भ्रातृ संगठनहरू ओन्दोलित बनेका छन्। यता आज मात्रै प्रधाननमन्त्री केपी शर्मा ओलीले सिमा मिचिएको बारेमा सर्वदलिय बैठक बोलाएका छन्।