परिर्वतन आत्मदेखि नै हुनुपर्छ: नायिका थापा



‘कपोकल्पित कथाले नेपाली पनलाई सम्बोधन गर्दैन’

काठमाडौँ। नायिका रेखा थापाले नेपाल कथाहरूको देश भएकाले चलचित्रमा कपोकल्पित र भ्रमित दृश्य देखाउन उचित नहुने टिप्पणी गरेकी छन्।

शुक्रबार प्रसारित एन्टिना फाउण्डेशन नेपालको एक कार्यक्रममा बोल्दै नायिका थापाले यस्तो टिप्पणी गरेकी हुन्।उनले भनेकी छन्,‘नेपाल गाउँ नै गाउँ भएको देश हो। यहाँ प्राप्त कथाहरू छन्। बरू हामीले खोज्ने आँट गर्नुपर्छ। विकासले भर्खर छुँदैछ। त्यसैले नेपाली जनजीवन, माटो र परिवेशलाई आफ्ना र्सिजनामा उर्तानुपर्छ भन्ने मेरो मान्यता छ। कपोकल्पित र भ्रमित देश्यले नेपाली पनलाई झल्काउँदैन र दुरदराजलाई सम्बोधन गर्दैन। चलचित्र विशाल शिक्षा दिने विश्वविद्यालय बन्नुपर्छ। त्यसो गर्न कलाकर्मी चुक्नु हुन्न।’

उनले भनिन्,‘म माटोको मान्छे हुँ। म भूई मान्छे हुँ। कपोकल्पित र भ्रमित दृश्यमा नेपाली पन र नेपाली मनलाई देखाउने मुर्खता मेरो तर्फबाट हुँदैन। म सौनदेखि अन्याय, अत्याचार, दमनलाई नरूचाउने मान्छे हुँ। आजको दिनमा पनि परिर्वतनलाई आत्मैदेखि स्वीकार गर्ने र समाजलाई बदल्ने अभियानमा लागेकी छु। कतिले चिन्नु भयो, कतिले चिन्न सक्नु भएन? त्यो अर्को पाटो हो। छोरीका लागि स्वर्णिम नेपाल बनाउने महाअभियानमा छु।’

आधुनिक कपडा, मोबाईल र फेशन गर्दैमा परिर्वतन नहुने बताउँदै नायिका थापाले भनिन्,‘परिर्वतन आत्मदेखी हुनुपर्छ। परिर्वतन नयाँ कपडा लगाउँदैमा हुँदैन। विदेशबाट श्रीमान÷श्रीमतीले पठाएको मोबाईलमा चलाउँदैमा परिर्वतन भइहाल्दैन। व्यक्ति परिर्वतन हुनुलाई परिर्वतन मान्न सकिँदैन। हाम्रो सिंगो पुस्ता बदलिनुपर्छ। हाम्रो समाजले काचुली फेर्नुपर्छ। अनि मात्रै परिर्वतनको आभास हुनेछ।’

फाउण्डेशको नेपाल चौतारी कार्यक्रममा चलचित्र क्षेत्रमा लागिरहँदा कुनै हिँसा व्यहोर्नु भयो? भनेर सोधिएको एक प्रश्नको जवाफमा उनले भनिन्,‘मेरो जीवनमा त्यस्तो हिँसा सहनु परेन। म सम्झिन्छु, सानो छदाँ एउटा केटी साथीले मलाई प्रमे प्रस्ताव राखेको थियो। मैले त्यसलाई अस्वीकार गरें। आज म धेरै भाग्यमानि छु। करोडौं नेपालीले मलाई आई लभ यु भन्नु हुन्छ। कुनै दिनमा सहन नसकिएको शब्द आज मिठो लाग्छ।’

महिलालाई महिलाको तालिम दिन बन्द गरिनुपर्ने बताउँदै नायिका थापाले भनिन्,‘हामीले मान्छेलाई महिला र पुरूषलाई विभाजित गर्न होईन, मान्छेलाई असल मान्छे बन्नुपर्छ भनिरहेका छौं। मान्छे त मान्छे हो। म त बाबाको छोरी हो। यहाँ महिला र पुरूको कुरा छैन। आम मानिसको सशक्तिकरणका लागि, मुलुक परिर्वतनका लागि यो सारा गरिँदैछ नि। म १६ वर्ष हुँदादेखि महिलालाई भनिरहेकी छु, तिमी जाग, घरमा कोही केही भन्छ कि? केही समस्या हुन्छ कि ? यस्ता सम्पूर्ण डरलाई हटाउनुहोस्। डरलाई जिते मात्रै दुनियाँ जितिन्छ, डरसँग हार्यो भने त दुनियाँ हारिन्छ नि।’