काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) लाई शान्तिपूर्ण राजनीतिक मैदानमा आएर देशलाई परेको बेला योगदान दिन आग्रह गरेका छन्।
नेता भण्डारीले नेकपालाई शान्ति प्रक्रियामा आउने महत्वपूर्ण समय भएको दाबी गरेका छन्। साथै सरकारले भारतीय हस्तक्षेपका विरूद्धमा सम्पूर्ण नागरिकलाई एक ठाउँमा उभ्याउनु पर्ने बताए।
भारतले एकतर्फिरूपमा सिमाना मिचेको विषयमा सम्पूर्ण नेपाली एक हुनुपर्ने नेता भण्डारीको धारणा रहेको छ। उनले सामाजिक अभियन्ता एवं प्रा.डा.गोविन्द केसीलाई आफ्नो अनशन तोड्नसमेत आग्रह गरेका छन्। डा.केसीले सुदूरपश्चिम प्रदेशको डडेलधुरामा आफ्नो १७औं अनशन जारी राखेका छन्।
नेता भण्डारीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘डा.गोविन्द केसी नेपाली आमाका असल सन्तान हुनुहुन्छ। अहिले नेपाली आमाको छातीमा छिमेकी मित्रबाट डोजर चलाएर नेपालको रूपनै परिवर्तन गरेको यस गम्भिर समयमा अनशनलाई तोडी ‘देशको सुरक्षाका लागि हामी नेपाली एक ठाँउ भन्ने पहिचान दिन अनुरोध। ‘विप्लव समूहलाई पनि शान्ति प्रक्रियामा आउने यो महत्वपूर्ण समय हो। सरकारले सबै नेपालीलाई एक ठाँउमा उभ्याउने पहलका लागि अनुरोध।’