विश्वले नेपालबाट धार्मिक सहिष्णुता सिक्नुर्छः डा. महत



भारत-केरला। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी सम्झदारी, भाइचारा, समानता र सहिष्णुता बढाएर देश र जनताचीको दुरीलाई नजिक पार्नुपर्ने बताएका छन्।

शुक्रबार भारतको केरलामा सुरू भएको साफको २९औं सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नु पर्नेमा जोड दिए।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सहमहामन्त्री महतले गौतम बुद्धको जन्म भएको देशमा हिन्दु, बौद्ध, इसाई, मुस्लिमलगायतका विभिन्न धर्महरूबीचको सहिष्णुता अनुकरणीय रहेको दाबी गरे। नेता महतले यस्तो खालको भातृत्व र सद्भाव विश्वभर फैलिन पनि जररूरी रहेको निस्कर्ष निकाले।

उनले एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै विश्वमा शान्ति प्राप्त हुने जिकिर गरे। साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटानलगायतका मुलुकबाट भाग लिन १५० जना प्रतिनिधि भारतको केरलामा पुगेका छन्।