‘भारतसँग सिमा विवादबारे अन्तिम लडाइँ लड्नुपर्छ’


काठमाडौ। राष्ट्रिय युवा संघका नेता मेघराज शाहीले सिमा विवादबारे भारतसङ्ग नेपालले अन्तित लडाइँ लड्नुपर्ने नताएका छन्। नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर नेपाली भूमी भारतले आफ्नो राजनीतिक नक्सामा समावेस गरेको भन्दै देशभर प्रदर्शन भैइरहेका छन्।

यसै सन्दर्भमा नेता शाहीले सामाजिक संजाल फेशबुकमा लेखेका छन्,’नेपालले भारतसङ्ग सिमा विवाद अन्त्यका लागि अन्तिम लडाइँ लड्नु पर्छ। विस्तारवादी छिमेकी चाहिदैन, सिमाना मिच्न पाईदैन। भारतीय हस्तक्षेप मुर्दावाद।’