३९ भियतनामीको शव सनाखत



काठमाडौँ। बेलायतमा एउटा लरीभित्र फेला परेका ३९ भियतनामी नागरिकको शव सनाखत भएको छ। सो घटनाको अनुसन्धान गरिरहेको एसेक्स प्रहरीका अनुसार भियतनामी प्रहरीसँगको समन्वयमा ती शव सनाखत गरिएको हो।

मृतकमध्ये ३१ पुरुष र ८ महिला छन्। मृतक भियतनामको हाइफोङ्ग, हाइ डोङ्ग, न्घे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हुयेका निवासी हुन्। केही समयअघि एउटा फ्रिजयुक्त लरीमा उनीहरुको शव फेला परेको थियो। एजेन्सी