काठमाडौँ। भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूम समावेश गरेको विरोधमा अनेरास्ववियूले भारतीय दुतावास अगाडि धर्ना दिएको छ। भारतले नेपाली भूभाग मिचेको विरोधमा सडकमा ओर्लिएका अनेरास्ववियूलगायत विद्यार्थीसंगठनहरूले भारतीय दूतावास केन्द्रित आन्दोलन सुरू गरेका छन्।
संगठनका संयोजक ऐन महरको नेतृत्वमा शुक्रबार अनेरास्ववियूले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। शुक्रबार बिहान नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए।
अनेरास्ववियूले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए। अस्कल क्याम्पसबाट सुरू भएको विरोध र्याली भारतीय दूतावास कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो।
अनेरास्ववियूले यसअघि गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो। भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ।