एमसिसीविद्ध नेपालको राम्रो सुरूवात


काठमाडौँ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ। लन्च ब्रेक अगाडी नेपाल ९ ओभरमा १ विकेटको नोक्सानीमा ५१ रन जोडेको छ।

नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ३१ रनमा अविजित छन् भने उनलाई शरद भेषवकरले १४ रनमा साथ दिएका छन्। पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए। त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो।