नेपाली सेना मलामी, सलामी र गुलामीका लागि हो ?



काठमाडौँ। भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठनहरू आन्दोलित बनिरहेका छन्।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमि भारतले आफ्नो नक्सामा समावेश गरेपछि देशभर आन्दाेलन भएका हुन्। यस्तो अवस्थामा सिमा रक्षा र देशको सुरक्षाको निम्ति खडा गरिएको नेपाली सेनाका बारेमा विभिन्न प्रश्न उठ्न थालेका छन्। सेनाको बारेमा खासमा सामाजिक सञ्जालमा टिका टिप्पणी गरेको पाइन्छ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले सेनालाई गुलामी, सलामी र मलामीको लागि मात्रै हो ? भनेर प्रश्नसमेत गरेका छन्। केही समययता सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायत भिभिआईपीको सुरक्षामा धर्ना दिईरहेको छन्। उनीहरूका जुत्ता बोक्नेदेखि छाता ओडाउनेसम्मको कार्यमा सेना व्यस्त देखिन्छ। सेनाका माथिल्लो पोष्टमा पुगेका र अवकासप्राप्त व्यक्तिको घरमा नेपाली सेनाका जवानहरूको दुरूपयोग भइरहेको छ। उनीहरूले घरको काममा सहयोग गरिरहेका छन्। त्यस्तै सडक बनाउने र कमाउने कार्यमा सेना आशक्त हुनुलाई स्वभाविक मान्न सकिन्न।

सिमाना मिचिदासम्म पनि सेनाले कुनै पनि धारणा सार्वजनिक गरेको छैन। सेनाले सिमानाको बारेमा आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै सेनाको भूमिकाबारे टिप्पणी हुन थालेका छन्। सशस्त्र प्रहरीले सीमा रक्षा गर्न नसकेको अवस्थामा पनि नेपाली सेना मातृ भूमि रक्षाको लागि तैयार भएन भने मुलुकले ठूलो मूल्य चुकाउनु पर्नेछ।

कालापानीको विवाद के हो ?

नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग बेइजिङमा एक समझदारी हुँदा पुन: सुरु भएको थियो।

नेपालसँगको सहमतिबिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियोस्। दुवै पक्ष व्यापारवस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्लारलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए। झन्डै ५,५३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दु मानिन्छ। त्यो स्थान लिपुलेकभन्दा अझै उत्तरपश्चिममा पर्छ।

सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ। तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन। उक्त सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन।

बीबीसीसँगको एउटा पुरानो अन्तर्वार्तामा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेका थिए, सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भन्ज्याङबाट निस्किएको नदीलाई चाहिँ काली भनेर लेखेको पाइएको छ।

अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिङ्कर भन्ज्याङनजिकै पङ्खागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ। अमेरिका र ब्रिटेनका केही पुस्तकालयमा पुराना नक्साहरू रहेका र तिनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई नेपालको पक्षमाु सुल्झाउन सघाउने सीमाविद् श्रेष्ठको धारणा छ।

सम्बन्धित समाचार

भारतलाई पछि हट्न सेनाको चेतावनी, प्रधानमन्त्री ओली जंगीअड्डा पुगे