काठमाडौँ। नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ। मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ।
निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन्। यो समाचार आजको कारोबार दैनिकमा छ।